२ श्रावण २०८३, शनिबार

बागलुङको बिसौनामा पहिरो : दम्पती घरसहित पहिरोमा पुरिए

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, १५ असार । बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा एक दम्पती घरसहित पहिरोमा पुरिएका छन् ।

बिसौनाका ५५ वर्षीय प्रेम विक र उहाँकी श्रीमती ५० वर्षीया वसन्ती गएराति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो । अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ ।

यसैबीच, पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ । कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध छ ।