११ असार २०८३, बिहिबार

गुल्मीमा ट्याक्टर दुर्घटना : बालकको मृत्यु, २ जना घाइते

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असार । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

ट्याक्टरमा सवार मालिका गाउँपालिका-२ दर्लिङका टिकाराम विकका छोरा ६ वर्षीय शिव विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर पोखरेलले जानकारी दिनुभयो ।

बिहीबार छल्दीबाट तम्घास आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्याक्टर गुल्मी रेसुङ्गा-४ रायढुङ्गास्थित तम्घास-सिमलटारी पक्की सडक खण्डमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर ट्याक्टर चालक धुर्कोट गाउँपालिका-५ का २६ वर्षीय दिपक गोतामे र रेसुङ्गा नगरपालिका-९ का १९ वर्षीय राजकुमार विक घाइते हुनुभएको छ । घाइतेहरूलाई जिल्ला अस्पताल तम्घास गुल्मीमा सामान्य उपचारपछि पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।