२ असार २०८३, मंगलबार

जननेता मदन भण्डारीको ७३औँ जन्मजयन्ती मनाइँदै

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असार । जननेता मदनकुमार भण्डारीको ७३औँ जन्मजयन्ती आज मनाइँदैछ । तत्कालीन नेकपा (एमाले)का महासचिव भण्डारीको जन्मजयन्तीको अवसरमा देशभर विभिन्न कार्यक्रम गरिँदैछ ।

एमाले र पार्टीका विभिन्न जनसंगठनहरूले आज विभिन्न कार्यक्रम गरी मदनजयन्ती मनाउन लागेका हुन् । एमाले निकट जनसंगठनहरुले मदनजयन्तीका अवसरमा पछिल्ला केहीदिनदेखि विभिन्न कार्यक्रम गरिरहेका छन् ।

मदन भण्डारी फाउन्डेसनले मदनजयन्तीको अवसरमा आज पार्टी केन्द्रीय कार्यालयमा विचार गोष्ठीको आयोजना गर्दैछ । फाउण्डेसनले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा ‘जबज : राजनीतिक विकास र स्थायित्व’ विषयक विचार गोष्ठी आयोजना गर्न लागेको हो ।

नेपाली कम्युनिष्टआन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद’ (जबज)को सिद्धान्त प्रतिपादन गर्नुभएका भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ ।

भण्डारीले पार्टीको पाँचौं राष्ट्रिय महाधिवेशनमा पेश गर्नुभएको जबजको सिद्धान्तलाई तत्कालीन एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रुपमा लागू गरेको थियो ।

तत्कालीन एमालेका महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगामा भएको जिप दुर्घटनामा दुःखद निधन भएको थियो ।