१४ असार २०८३, आइतबार

नेपालमा इन्ड्राइभले सुरु गर्‍यो कुरियर सेवा

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । सहरी सेवा प्लेटफर्म इन्ड्राइभले नेपालमा कुरियर सेवासमेत सुरु गरेको छ । इन्ड्राइभले नेपालमा उचित मूल्यमा राइड सेयरिङ सेवा दिँदै आएकोमा डेलिभरी सेवासमेत सुरु गरेको जनाएको छ ।

इन्ड्राइभका मार्केटिङ डाइरेक्टर नतालिया माकारेन्कोले भन्नुभयो, ‘हामी नेपाली बजारमा गतिशीलता अभिवृद्धि गर्न प्रतिबद्ध छौँ । हाम्रा सेवाहरूलाई अझ राम्रो बनाउन र नेपालमा जनताको आवश्यकता अनुसार थप सुविधाहरू ल्याउन प्रतिबद्ध छौँ । हाम्रो प्लेटफर्ममा हरेक दिन हजारौं सवारीहरू भइरहेका छन् । हामीले नेपालका यात्रुहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छौँ । सन् २०२३ मा हामी अघिल्लो वर्षको तुलनामा २०० प्रतिशतको वृद्धि र सन् २०२४ को पहिलो छ महिनामा, इन्ड्राइभले सवारीहरूमा ४६ प्रतिशत वृद्धि रेकर्ड गरेको छ । हाम्रो वृद्धि मेट्रिक्सले हाम्रा प्रयोगकर्ताहरू र चालकहरूले हामीमाथि राखेको विश्वासलाई प्रतिबिम्बित गर्दछ । हामी हाम्रा सेवाहरू वृद्धि गर्न, सुरक्षा सुनिश्चित गर्न र हामीले सेवा गर्ने समुदायहरूमा सकारात्मक योगदान दिन समर्पित छौँ ।’

उहाँले नेपालमा इन्ड्राइभ डेलिभरीको सुरुवात भएको घोषणा गर्न पाउँदा उत्साहित भएको उल्लेख गर्दै २० किलो वा त्यसभन्दा कम तौलका पार्सलहरूको डेलिभरीमा मद्दत गर्ने उल्लेख गर्नुभएको छ ।