१४ असार २०८३, आइतबार

युएईमा सडक दुर्घटनामा परी रुपन्देहीका युवाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आबुधावी । संयुक्त अरब एमिरेट्स युएईको आबुधावीमा सडक दुर्घटनामा परी रुपन्देहीका एक युवाको ज्यान गएको छ ।

आइतवार सार्वजनिक विदाको दिन राती आबुधावीको बनियास चाईन क्याम्प नजिक सडकमा बसको ठक्करबाट रुपन्देही गजेडी १ का ३५ वर्षीय तारानाथ चापागाईं को ज्यान गएको हो ।

चापागाईं पछिल्लाे साढे दुई वर्ष यता आबुधावीमा रहेको सल्भ क्लिनिङ एलएलसी कम्पनीको इतिहाद रेल क्षेत्रमा सरसफाइ कामदारको रुपमा कार्यरत थिए ।

सार्वजनिक विदाको दिन आइतवार साथीभाइ  रमाइलो गरेको र आफूहरु बसोबास गर्ने मजदुर क्याम्प फर्किनेबेला सडकमा बसले ठक्कर दिँदा चापगाईंको ज्यान गएको उनीसँगै काम गर्दै आएका सहकर्मीहरुले बताए ।

सडक दुर्घटनामा परेर नेपालीको ज्यान गएको विषय कम्पनीले आबुधावीमा रहेको नेपाली दुतावासलाई समेत जानकारी गराइसकेको र शब नेपाल लैजान दुतावासले अनुमति प्रदान गरिसकेको दुतावासले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको स्थानीय प्रशासनलाई उद्दृत गर्दै दुतावासले उल्लेख गरेको छ ।