२४ जेष्ठ २०८३, आइतबार

फेवातालमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १३ असार । माछा मार्ने क्रममा पोखराको फेवातालमा डुबेर एक जनाको मृत्यु भएको छ ।

बाग्लुङ घर भई पोखरा महानगरपालिका-१८ खपौदी बस्ने ३३ वर्षीय सुकबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

बुधबार दिउँसो खपौदीस्थित फेवातालमा उनी माछा मार्ने क्रममा डुबेका थिए । घटना लगत्तै सुरक्षाकर्मीले उद्धार गरी उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।