
नवलपुर, १३ असार । नवलपुरको कावासोतीमा चट्याङ लागेर घाइते हुनुभएको एक महिलाको मृत्यु भएको छ । छिमेकीको खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर घाइते हुनुभएको कावासोती-१४ अग्यौलीकी ४६ वर्षीया दिलकुमारी थरुनीको बुधबार मृत्यु भएको हो ।
चट्याङ लागेर घाइते हुनुभएको उहाँलाई मध्य विन्दु जिल्ला अस्पताल डण्डाबाट थप उपचारका लागि चितवन भरतपुर रेफर गरिएको थियो ।
चितवन लैजाने क्रममा उहाँको बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया