१ असार २०८३, सोमबार

लोसपा धनुषाका सहसचिव श्रेष्ठसहित ९ जना एमालेमा प्रवेश

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) धनुषा जिल्ला कार्य समितिका सहसचिव सुनिलकुमार श्रेष्ठ ‘सानु’लगायत धनुषाका नौजना युवाहरु नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा उहाँहरूलाई खादा र अविर लगाएर पार्टीमा स्वागत गर्नुभयो ।

पार्टीका पोलिटव्यूरो सदस्य जुलीकुमारी महतोको संयोजनमा पार्टी प्रवेश गर्नेहरूमा श्रेष्ठसहित सञ्जय पोखरेल, कृष्णा कार्की, जितेन्द्र लगु, पारस श्रेष्ठ, सानु श्रेष्ठ, भोला पाठक, आशिष कर्ण र गौतम झा हुनुहुन्छ ।

नवप्रवेशी युवाहरूलाई स्वागत गर्दै अध्यक्ष ओलीले एमाले देश बनाउने महान् उद्देश्यका साथ अगाडि बढिरहेको बताउनुभयो ।

अध्यक्ष ओलीले गरिबी हटाउने, सुशासन कायम गर्ने, स्वाधीनताको रक्षा गर्ने, राष्ट्रको बृहत्तर हित रक्षा गर्ने पार्टी यो देशमा एमाले मात्र रहेको र यस पार्टीको ध्येय नेपाली जनतालाई सुखी बनाउने रहेको बताउनुभयो ।

उहाँले एमालेको महान् उद्देश्य सफल बनाउने यात्रामा जोडिनुभएका युवाहरूलाई यथोचित जिम्मेवारीका साथ सक्रिय बनाइने विश्वास दिलाउँदै नवप्रवेशीहरूलाई संगठित गरी सक्रिय बनाउन सम्बन्धित कमिटीलाई निर्देशन दिनुभयो ।