१८ असार २०८३, बिहिबार

केजरीवालको संकट बढ्दै, सीबीआईले हिरासतमा लियो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सीबीआईले रुपमा पक्राउ गरेको छ ।

मदिरा घोटाला प्रकरणमा सीबीआईले मंगलबार राति तिहाड जेलमा केजरीवालसँग सोधपुछ गरेको थियो । सोधपुछपछि सीबीआईले बयान रेकर्ड गर्‍यो र बुधबार बिहान केजरीवाललाई राउज एभिन्यू अदालतमा पेश गरेको हो ।

सुनुवाइपछि सीबीआईले केजरीवाललाई अदालतमै पक्राउ गरेको थियो । सीबीआईले केजरीवाललाई हिरासतमा लिन अदालतसँग माग गरेको छ । केजरीवालको जमानत याचिकामा बुधबार बिहान सर्वोच्च अदालतमा सुनुवाइ हुने थियो, तर त्यसअघि सीबीआईले उहाँलाई तिहाड जेलमा हिरासतमा लिएको थियो ।

यसपछि अरविन्द केजरीवालले सर्वोच्च अदालतबाट आफ्नो याचिका फिर्ता लिनुभयो र पुनः अर्को याचिका दायर गर्ने हुनु भएको छ । अरविन्द केजरीवालका वकिल अभिषेक मनु सिंघवीले भन्नुभयो, ‘हामीसँग हरेक दिन केही न केही भइरहेको छ । सीबीआईले २०२२ को सूचना र अनुसन्धानको सन्दर्भमा हिजो पक्राउ गरेको हो,’ ।

यसअघि केजरीवाललाई दिल्लीको राउज एभिन्यू अदालतले जमानतमा रिहा गर्न आदेश दिएको थियो । जसलाई दिल्ली उच्च अदालतले खारेज गरिदिएको छ ।