२ श्रावण २०८३, शनिबार

विद्यालय जाँदै गरेका ३ बालिका चट्याङ लागेर गम्भीर घाइते

7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार । कैलालीमा बुधबार बिहान चट्याङ लागेर ३ बालिका गम्भीर घाइते भएका छन् ।

घोडाघोडी नगरपालिका-९ बुदेनी बस्ने तीन बालिका बिहान विद्यालय जाँदै गर्दा चट्याङ लागेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरीले जनाएको छ ।

घाइते हुनेमा १० वर्षीया खिमा कठात, ९ वर्षीया सरस्वती भुल र ७ वर्षीय पारु कठात रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एपसी) पदमबहादुर विष्टले जानकारी दिनुभएको छ ।

‘मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेट नजिक उहाँहरुलाई चट्याङ लागेको रहेछ । उपचारका लागि घोडाघोडी अस्पताल लगिएको छ । तीनै जना गम्भीर हुनुहुन्छ, बाँकी विवरण आउन केही समय लाग्छ ।’ विष्टले भन्नुभयो ।