३१ जेष्ठ २०८३, आइतबार

नेपाल आइडलका विजेता परियारलाई प्रधानन्त्रीले भेटेरै दिए गितार उपहार

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार । नेपाल आइडल सिजन पाँचका विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बधाई तथा उपहार दिनुभएको छ ।

बुधबार बिहान परियारलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर दाहालले बधाई दिँदै गितार उपहार दिनुभएको हो ।

यस्तै, भेटमा प्रधानमन्त्री दाहालले खेल र संगीतका मुख्य मुख्य कार्यक्रमहरु आफूले हेर्ने गरेको उल्लेख मात्र गर्नुभएन उहाँले युवा पुस्ताका हरेक सुखदुखमा आफू साथ रहनेसमेत बताउनुभयो ।

प्रधानमन्त्रीले विजेता परियारको सांगीतिक क्षेत्रमा निकै राम्रो सम्भावना रहेको उल्लेख गर्दै निरन्तर साधनामार्फत् देशको प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरेको दाहाल सचिवालयले जनाएको छ ।