
जेनेभा, १२ असार । प्यालेस्टिनी शरणार्थीहरूलाई सहयोग गर्ने राष्ट्रसंघीय एजेन्सीका प्रमुखले मंगलबार गाजामा घेरामा परेको इलाकामा चलिरहेको युद्धमा औसतमा १० बालबालिकाले आफ्नो एक वा दुवै खुट्टा गुमाइरहेको बताउनुभएको छ ।
‘मूलतः हामीसँग हरेक दिन औसतमा एक वा दुई खुट्टा गुमाउने १० जना बालबालिका छन् ।’ युएनआरडब्लुए प्रमुख फिलिप लाजारिनीले भन्नुभयो ।
यी संख्याहरूमा हात वा पाखुरा गुमाएका बालबालिकाहरू समावेश गरिएको नगरिएको उहाँले बताउनुभयो । एएफपी








प्रतिक्रिया