३० जेष्ठ २०८३, शनिबार

अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, १२ असार । अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्लाको तुर्माखाद गाउँपालिका-६ निवासी १५ वर्षका विमल विक र १४ वर्षिय झंकर विक घरबाट तुर्माखाँद गापा-७ बासकाडा जाने क्रममा कच्ची सडकखण्डमा पोलबाट चुँडिएर सडकमा खसेको तारमा झंकर विकलाई करेन्ट लागेको थियो । झंकरलाई करेन्ट लागेपछि बचाउन तान्ने क्रममा विमललाई पनि करेन्ट लागेको थियो ।

करेन्ट लाग्दा झंकरलाई बचाउन खोजेका विमलको भने घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।

झंकर विक भने घाइते छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।