
काठमाडौं, १२ असार । नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालको नेतृत्वमा ३० सदस्यीय उच्चस्तरीय प्रतिनिधि मण्डल गएराति चीन प्रस्थान गरेको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) विदेश विभागको निमन्त्रणामा एमाले नेताहरुको टोली १० दिने चीन भ्रमणका लागि बेईजिङ प्रस्थान गरेको हो ।

भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीको उच्च तहसँग भेटवार्ता हुने एमालेले जनाएको छ ।
भ्रमण टोलीमा उपमहासचिव रिमालसहित स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटब्यूरो सदस्य विनोद श्रेष्ठ, सुजिता शाक्य, इन्दिरादेवी गौतम, लालबहादुर थापा, नागेन्द्र शाही, जीवन गौतम, सांसदहरू महेश बस्नेत, सरस्वती सुब्बा, मधेश प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डल, श्रीप्रसाद श्रेष्ठ, घनश्याम सुवेदी, पेम्वा लामा, प्रेम दंगाललगायतका नेताहरु रहनुभएको छ ।









प्रतिक्रिया