१ असार २०८३, सोमबार

फोनपेले गर्‍यो २५ करोडभन्दा बढीको युपिआई कारोबार

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, ११ असार । फोनपेले भारतीय यात्रुहरूद्वारा नेपालभरि युपिआई (यूनिफाइड पेमेन्ट्स इन्टरफेस)को प्रयोगमा ठूलो वृद्धि भएको घोषणा गरेको छ ।

२०२४ फेब्रुअरी २८ मा सुरु भएदेखि युपिआईको प्रयोगबाट २५ करोड रुपैयाँ भन्दा बढी रकमको कारोबार भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ७७ वटै जिल्लामा १ लाख भन्दा बढी कारोबार भएका छन् ।

धेरै भारतीय यात्रुहरूले नेपाललाई सुन्दर दृश्य, समृद्ध सांस्कृतिक सम्पदा र बढ्दो साहसिक पर्यटनको लागि रोज्ने गरेका छन् । युपिआई भुक्तानीले मुद्रा साट्ने वा नगद बोक्ने आवश्यकता हटाएको छ, त्यसैले यात्रा सहज पनि भएको छ ।

फोनपे नेटवर्कमार्फत युपिआई भुक्तानीको सजिलो, सुरक्षा र तत्काल सेवाले भारतीय पर्यटकहरूको कारोबारमा वृद्धि ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ । जसले नेपाल भ्रमणलाई अझ सुविधाजनक र रमाइलो बनाएको छ । यो सहज भुक्तानी समाधानले नेपाललाई भारतीय यात्रुहरूका लागि विगतको भन्दा अझै बढी रुचाइएको गन्तव्य बनाएको छ।

बलियो बैंक तथा वित्तीय संस्था (बीएफआई) नेटवर्कसहित फोनपेले नेपालमा युपिआई भुक्तानीको सुविधा दिने क्षेत्रमा अग्रस्थान लिएको छ । अहिले नेपालको ८०% क्युआर कोड प्रणालीले फोनपेमार्फत युपिआई भुक्तानी लिन सक्छ । फोनपेले सञ्चालन गरेको क्युआर र भुक्तानी प्रणालीले नेपालका सबै ७७ जिल्लामा युपिआई भुक्तानी स्वीकार गर्न सक्षम बनाएको छ । फोनपेले सञ्चालन गरेको विस्तृत नेटवर्क, जसमा बैंक र पेमेन्ट सेवा प्रदायकहरू (पीएसपी) समावेश छन् । सबैको साझा प्रयासमा देशभरि युपिआई भुक्तानी सजिलै उपलब्ध भएको छ जसले गर्दा यो प्रविधि छिटो लोकप्रिय हुन सफल भएको कम्पनीले जनाएको छ ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवास कुमारले भन्नुभयो, ‘नेपालमा युपिआई भुक्तानीलाई ग्राहकहरुले यसरी छिट्टै अपनाउँदा यसले सहज र सुरक्षित डिजिटल भुक्तानीको बढ्दो माग भएको देखिएको छ । हामी यस डिजिटल परिवर्तनमा प्रमुख भूमिका खेल्न र नेपाली नागरिकहरू र भारतीय यात्रुहरुलाई सहज भुक्तानी विकल्प दिन पाउँदा धेरै खुशी छौँ ।’

फोनपेले आगामी दिनहरूमा नेपाली नागरिकहरूले भारतमा पनि युपिआई भुक्तानी गर्न सकून् भनेर प्राविधिक र सञ्चालन तयारी पूरा गरिसकेको छ । यसका लागि फोनेपे नेपाल राष्ट्र बैंकको अनुमतिको प्रतीक्षामा रहेको कम्पनीले जनाएको छ ।