
काठमाडौं, ११ असार । गरिमा क्यापिटल लिमिटेड कम्पनीको स्वतन्त्र सञ्चालकको रुपमा नैना नेपाल ढकाल नियुक्त हुनुभएको छ ।
गरिमा क्यापिटलको हालै सम्पन्न सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकको रुपमा ढकाल नियुक्त हुनुभएको हो ।
यसैगरी, बैठकले गरिमा क्यापिटलको मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी संजूप्रसाद जैसवाल सञ्चालकको रुपमा नियुक्त हुनुभएको छ ।
सञ्चालक समितिका सदस्यहरुको हेरफेरपश्चात् कम्पनीको हालको सञ्चालक समितिको अध्यक्षमा दीपक पाण्डेय र सञ्चालकहरूमा अनिल रेग्मी, संजूप्रसाद जैसवाल, स्वतन्त्र सञ्चालकहरुमा महेशप्रसाद काफ्ले र नैना नेपाल ढकाल रहनुभएको छ ।








प्रतिक्रिया