१ श्रावण २०८३, शुक्रबार

दोलखाको जिरी नगरपालिकाको बजेट ५५ करोड

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, ११ असार । दोलखाको जिरी नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाले ५५ करोड ९ लाखको बजेट सार्वजनिक गरेको हो । नगपालिकाले सोमबार आर्थिक वर्ष २०८१/०८२ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगर सभामा नगरप्रमुख मित्रबहादुर जिरेलले नीति तथा कार्यक्रम र उपप्रमुख कृष्णमाया बुढाथोकी खड्काले बजेट सार्वजनिक गर्नुभयो ।

आगमी आर्थिक वर्षको लागि प्रस्तुत् गरिएको बजेट चालु आर्थिक वर्षको बजेटको तुलनामा २ करोड ६६ लाख ५ हजार रुपैयाँले बढी हो ।

नगरपालिकाले पूँजीगततर्फ १८ करोड ३५ लाख अर्थात् ३३ दशमलव ३० प्रतिशत र चालुतर्फ ३६ करोड ७४ लाख ८८ हजार अर्थात् ६६ दशमलव ७० प्रतिशत बजेट विनियोजन गरेको छ ।