२८ असार २०८३, आइतबार

अमेरिकासँग सम्झौतापछि जुलियन असान्ज रिहा

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । विकिलिक्सका संस्थापक जुलियन असान्ज एक वर्ष लामो कानुनी लडाइपछि बेलायती जेलबाट रिहा हुनुभएको छ । अमेरिकी प्रशासनसँगको सम्झौतापछि जुलियन असान्ज रिहा हुनुभएको हो ।

५२ वर्षीय असान्जमाथि राष्ट्रिय सुरक्षासँग सम्बन्धित कागजातहरू चोरेको र सार्वजनिक गरेको आरोप लागेको थियो । अमेरिकी प्रशासनले विकिलिक्सले सार्वजनिक गरेको इराक र अफगानिस्तानसँग सम्बन्धित फाइलका कारण धेरैको ज्यान खतरामा परेको आरोप लगाएको थियो ।

जुलियन असान्ज पछिल्लो ५ वर्षदेखि बेलायतको जेलमा थुनिनुभएको थियो र उहाँ अमेरिकामा सुपुर्दगीको मुद्दामा आन्तरिक रूपमा लडिरहनुभएको थियो ।

बिबिसीका अनुसार अब असान्जले अमेरिकामा कुनै पनि समय हिरासतमा बिताउनुहुने छैन । अदालतको पत्र अनुसार जुलियन अष्ट्रेलिया फर्किनु हुनेछ।

विकिलिक्सले सामाजिक सञ्जालमा भनेको छ- ‘जुलियन असान्ज स्वतन्त्र भएका छन् ।’

१९०१ दिनको काराबासपछि उहाँ बेलायतको बेलमार्श जेलबाट बाहिर निस्कुनभएको थियो । उहाँले लन्डन उच्च अदालतबाट जमानत पाउनुभयो र बेलायत छोडेको स्टान्स्टेड एयरपोर्टमा रिहा हुनुभएको थियो ।

विकिलिक्सका अनुसार जुलियन असान्जको रिहाई विश्वव्यापी अभियान र राष्ट्रसंघमा आवाज उठाउने नेताहरूको प्रयास हो । यसपछि मात्र अमेरिकासँग सम्झौता भएको थियो, यद्यपि विकिलिक्ससँग पनि यो सम्झौताको विस्तृत विवरण छैन् ।

जुलियन असान्जले कानुनी प्रक्रिया पूरा गरी बेलायत छाड्नुभएको छ । उनीहरुले अमेरिकासँग गरेको सम्झौताको जानकारी अहिलेसम्म बाहिर आएको छैन् ।