१५ असार २०८३, सोमबार

जंगली च्याउ खाँदा एकैपरिवारका ४ जना बिरामी

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ११ असार । जंगली च्याउ खाँदा मकवानपुरमा एकैपरिवारका चार जना बिरामी भएका छन् ।

सोमबार जिल्लाको राक्सिराङ गाउँपालिका-८ लाचेका २१ वर्षीय भुवल प्रजाले जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा उहाँसहित उहाँका परिवारका सदस्यहरु बिरामी पर्नुभएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार बिरामी पर्नेहरुमा प्रजासहित उहाँकी श्रीमती २१ वर्षीया रतिमाया, ३ वर्षीय छोरा समिक र भाइ १८ वर्षीय पूर्ण प्रजा रहनुभएको छ ।

उहाँहरुको सरकारी अस्पताल चितवन भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।