
काठमाडौं, ११ असार । दाङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-४ खाद्रे निवासी १० वर्षीय सुवास विकको मृत्यु भएको हो ।
सोमबार साँझ घरको आँगनमा बसेर मोबाइल चलाइरहेको समयमा उनलाई चट्याङ लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रकाश थापाले जानकारी दिनुभयो ।
चट्याङले लागेर घाइते भएका बालकलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको लागि ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।








प्रतिक्रिया