२५ असार २०८३, बिहिबार

उपमहासचिव रिमालको नेतृत्वमा एमालेका ३० नेता आजदेखि चीन भ्रमणमा

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालको नेतृत्वमा नेताहरूको टोली आज चीन भ्रमणमा जाने भएको छ । रिमाल नेतृत्वको ३० सदस्यीय टोली चीन भ्रमणमा जान लागेका हो ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) विदेश विभागको निमन्त्रणामा एमाले नेताहरु १० दिने चीन भ्रमणमा जान लागेको हो ।

भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीको उच्च तहसँग भेटवार्ता हुने एमालेले जनाएको छ । टोलीले चीनको बेइजिङसहित विभिन्न प्रान्तको भ्रमण गर्नेछ ।

भ्रमण टोलीमा उपमहासचिव रिमालसहित स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटब्यूरो सदस्य विनोद श्रेष्ठ, सुजिता शाक्य, इन्दिरादेवी गौतम, लालबहादुर थापा, नागेन्द्र शाही, जीवन गौतम, सांसदहरू महेश बस्नेत, सरस्वती सुब्बा, मधेश प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डल, श्रीप्रसाद श्रेष्ठ, घनश्याम सुवेदी, पेम्वा लामा, प्रेम दंगाललगायतका नेताहरु रहनुभएको छ ।