२६ जेष्ठ २०८३, मंगलबार

अफगानिस्तानमा इदको बिदामा भएको सवारी दुर्घटनामा ४८ जनाको मृत्यु

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काबुल, ११ असार । अफगानिस्तानमा शुक्रबार सकिएको पाँचदिने इद अल–अधाको बिदामा सडक दुर्घटनामा परी कम्तीमा ४८ जनाको मृत्यु हुनुका साथै अन्य एक सय ६० भन्दा बढी घाइते भएको ट्राफिक प्रहरी महानिर्देशनालयका प्रमुख हसिबुल्लाह मोख्तरले बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘यहाँ ९७ सडक दुर्घटना हुँदा करिब एक सय ६१ जना घाइते र ४८ जनाको मृत्यु भयो ।’

द्वन्द्वग्रस्त मुलुकमा सडकको कमजोर अवस्था, लापरवाही सवारी चलाउने र यात्राका क्रममा सुरक्षा उपायको अभाव जस्ता घातक सडक दुर्घटनाका कारण हुन् ।

यस वर्ष अफगानिस्तानमा इद अल–अधाको बिदा सुरुमा तीन दिनसम्म रहने घोषणा गरिएको थियो तर पछि पाँच दिनसम्म लम्ब्याइएको छ ।

अप्रिलमा इद अल–फित्रको चार दिने बिदामा अफगानिस्तानमा सडक दुर्घटनामा परी ५० जनाको मृत्यु भएको थियो भने एक सय ८५ जना घाइते भएका थिए ।