२८ असार २०८३, आइतबार

जंगली च्याउ खाँदा बिरामी परेका थप एकको मृत्यु

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, ११ असार । तनहुँको आँबुखैरेनी गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेका थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्क निवासी ५८ वर्षीया पम्फी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

च्याउ खाँदा बिरामी हुनुभएको उहाँको आइतबार उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । यसअघि शुक्रबारमात्रै ८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको थियो ।

गत असार १ गते ५४ वर्षीय डिलबहादुर गुरुङले घर नजिकको जंगलबाट ल्याएको च्याउ खाँदा पाँच जना बिरामी भएका थिए । त्यसमध्ये ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ र ५४ वर्षीय डिलबहादुर गुरुङको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।