
काठमाडौं, १० असार । दक्षिण अफ्रिका वेस्ट इन्डिजलाई हराउँदै जारी टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।
सोमबार बिहान सम्पन्न सुपर आठको अन्तिम खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई डिएलएस मेथड अनुसार ३ विकेटले पराजित गरेको हो ।
वर्षाले प्रभावित खेलमा वेस्ट इन्डिजले १३६ रनको लक्ष्य दिएको भएपनि डिएलएस मेथड अनुसार दक्षिण अफ्रिकाले १७ ओभरमा १२३ रनको लक्ष्य पाएको थियो । यो लक्ष्य दक्षिण अफ्रिकाले १६.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो ।
यो हारसँगै वेस्ट इन्डिज भने विश्वकपबाट बाहिरिएको छ ।
सुपर आठको समूह २ बाट दक्षिण अफ्रिका पहिलो र इंग्ल्याण्ड दोस्रो हुँदै सेमिफाइनलमा पुगेका छन् ।








प्रतिक्रिया