१४ असार २०८३, आइतबार

दुवै सदनको बैठक बस्दै, प्रतिनिधि सभाबाट विनियोजन विधेयक पास गर्ने तयारी

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । सरकारले आजको प्रतिनिधि सभाबाट विनियोजन विधेयक पास गर्ने तयारी गरेको छ ।

आइतबार बिहान संघीय संसद भवन नयाँ बानेश्वरमा ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

बजेट पास गर्ने दिन संसदमा सबै सांसदलाई अनिवार्य उपस्थित हुन् कांग्रेसले गत शुक्रबार नै ह्वीप जारी गरेको छ ।

बजेट पास गर्ने कार्यसूचीसँगै आजको बैठकमा ‘‘आर्थिक विधेयक २०८१ माथि विचार गरियोस्’’, ‘‘राष्ट्र ऋण उठाउने विधेयक २०८१ माथि विचार गरियोस्’’ र ‘‘भन्सार महशुल सम्बन्धि विधेयक २०८१ माथि विचार गरियोस्’’ भन्ने तीन ओटा विधेयक बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयका महासचिव पद्य प्रसाद पाण्डेयले जानकारी दिनुभएको छ । त्यसअघि आजै विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूचीसमेत छ ।

यस्तै, आजको राष्ट्रिय सभा बैठकमा भने उत्पति भएको सुरक्षित कारोबार पहिलो संशोधन विधेयक २०८० का सम्बन्धमा प्राप्त सन्देशसहितको टेबुल गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।