७ असार २०८३, आइतबार

डोल्पाको फोक्सुण्डो खोलामा डुबेर दुई बालिकाको मृत्यु

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, ९ असार । डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकाको फोक्सुण्डो खोलामा डुबेर शनिबार दिउँसो दुई बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काइके गाउँपालिका–५ का १२ वर्षीया रुबिना विष्ट र १० वर्षीया सुबिना बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार दुवैजना शनिबार बिहान खाना खाएर फोक्सुण्डो खोला सरसफाइ गर्न भनेर गएका थिए । मृतक विष्ट कक्षा ५ र बुढा कक्षा २ मा अध्ययनरत थिए ।