२ असार २०८३, मंगलबार

टिपर र स्कुटर ठोक्किँदा घाइते भएकी महिलाको मृत्यु

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असार । काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित आकाशेपुल नजिक सडकमा टिपर र स्कुटर ठोकिएर घाइते भएकी महिलाको मृत्यु भएको छ ।

बा३क ३०५३ नंको टिपर र बा प्र ०२–०३९ प ९९५२ नंको स्कुटर शुक्रबार एकापसमा ठोक्किँदा स्कुटरमा सवार ललितपुर सानागाउँ बस्ने ४३ वर्षीया लक्ष्मीदेवी श्रेष्ठ गम्भीर घाइते हुनुभएको थियो ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी श्रेष्ठको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका स्कुटर चालकको अहिले पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही भइरहेको प्रवक्ता कार्कीले बताउनुभयो ।