
काठमाडौं, ७ असार । नेक्सजेन म्यानेजमेन्ट र सौराहाको होटल सेभेन (साविक होटल सेभेन स्टार)बीच वित्तीय परामर्श र व्यवस्थापनको लागि सम्झौता सम्पन्न भएको छ ।
नारायणहिटी उत्तर ढोकास्थित होटलको कर्पोरेट कार्यालयमा दुबै कम्पनीका उच्च पदाधिकारीको उपस्थितिमा बिहीबार सम्झौता सम्पन्न भएको हो ।
सम्झौता पत्रमा होटलको तर्फबाट अध्यक्ष हरिप्रसाद पाठक र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई हस्ताक्षर गर्नुभयो ।
चितवनको सौराहामा २०६७ सालमा स्थापित होटल सेभेन प्रालि दुई तारे सुविधा सम्पन्न होटल हो । ५२ कट्ठा जग्गामा निर्मित होटलमा सुविधा सम्पन्न ४८ कोठा, स्वीमिङ पुल, छुट्टै रेष्टुरेन्ट, तिनवटा सेमिनार हलहरू रहेका छन् ।
होटलले निकट भविष्यमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न पाँच तारे स्तरको सुविधा प्रदान गर्नेगरी होटललाई स्तरोन्नति गरिहेको छ । आउने वर्ष होटलको थप ३० वटा कोठा, सेमिनार हल, जीम क्लब, कन्टिनेन्टल रेष्टुरेन्ट बनाउने योजना छ । त्यसको लागि थप पूँजीको आवश्यकता पर्छ । थप संस्थापक शेयरधनीहरू ल्याउने र सर्वसाधारणलाई शेयर जारी गरी पूँजीको व्यवस्था गर्ने योजना रहेको होटलका अध्यक्ष पाठकले जानकारी गराउनुभएको छ ।








प्रतिक्रिया