२१ असार २०८३, आइतबार

रुपचन्द्र विष्टको २५औं स्मृति दिवस, थाहा नगरपालिकामा स्थानीय विदा

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ७ असार । थाहा अभियानका नेता स्वर्गीय रुपचन्द्र विष्टको २५औं  स्मृति दिवस आज शुक्रबार मनाइँदैछ । यस अवसरमा थाहा नगरपालिकाले स्थानीय विदा दिएको छ ।

मकवानपुरको साविक दामन गाविस-१ हालको थाहा नगरपालिका-३ मा जन्मिनुभएका ‘थाहा’ रुपचन्द्र विष्टको २०५६ साल असार ७ गते वीर अस्पतालमा मृत्यु भएको थियो ।

कथनी र करनी एउटै भएका विष्ट २०३८ र ०४३ सालमा मकवानपुरबाट राष्ट्रिय पञ्चायतका सदस्यमा विजयी हुनुभएको थियो । १९९० पुस २६ गते जन्मिनुभएका विष्टले मुलुकमा इमानको राजनीति गर्नुभएको थियो ।

निर्वाचन कसरी लड्नु पर्छ र जनप्रतिनिधि कस्तो हुनु पर्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएका उहाँको त्याग तपस्यालाई चिरस्थायी राख्नका लागि ०७३ सालमा दामन, पालुङ, आग्रा, टिष्टुङ, चित्लाङ र बज्रवराही गाविस समेटेर थाहा नगरपालिका नामकरण गरिएको थियो ।

स्थानीयबासीले अहिले पनि विष्टलाई सम्झिएर सम्मान गर्ने गर्दछन् । थाहा नगरपालिकाको शिखरकोट बजारमा उहाँको पूर्णकदकको सालिकसमेत निर्माण गरिएको छ ।

थाहा अभियानमा विष्टको योगदानलाई उच्च कदर गर्दै नगरपालिकाले स्थानीय बिदा दिने निर्णय गरेको मेयर विष्णु विष्टले बताउनुभयो ।

विष्टको स्मृतिमा शुक्रबार थाहा नगरपालिका, हेटौंडा उपमहानगरपालिकालगायतका क्षेत्रमा प्रवचन, गोष्ठी वृक्षारोपणजस्ता विभिन्न कार्यक्रम गरिँदै छ ।