२९ जेष्ठ २०८३, शुक्रबार

क्लासिक टेकको भुक्तानी सेल पे वालेटमार्फत गर्दा बुलेट बाइक जित्ने अफर

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकको भुक्तानी सेल पे वालेटमार्फत गर्दा ‘बुलेट बाइक सरर, इन्टरनेट टिभी फरर’ अफर सार्वजनिक भएको छ ।

यस अफरमा कम्पनीका नयाँ तथा पुराना ग्राहक वर्गहरुले इन्टरनेट टिभीको सेल पे वालेटबाट भुक्तानी गर्दा एक जना भाग्यशाली ग्राहकले बम्पर उपहारअन्तर्गत रोयल इन्फिल्ड क्लासिक ३५० सीसीको बुलेट बाइक जित्न सक्नेछन् । त्यति मात्र नभई हरेक महिना म्याकबुक, आइप्याड र एपल वाच जित्ने अवसर पनि रहेको छ ।

अफरमा पुराना ग्राहकका लागि रिचार्ज अफरमा ३२५ एमबिपिएससहित २००ं एचडी र एसडी च्यानल रहेको इन्टरनेट टिभी मात्र ७९९ रूपैयाँ प्रति महिना साथै नयाँ ग्राहकका लागि ३ महिनाको लागि २०० एमबिपिएस इन्टरनेट ३ हजार ३०० रूपैयाँमा पाइनेछ । यसमा राउटरसहितको प्याकेजसमेत रहेको कम्पनीले जानकारी गराएको छ ।

यी अफरहरु आउने कार्तिक मसान्तसम्म मात्र रहेको पनि कम्पनीले बताएको छ । कम्पनीले आफ्ना ग्राहक वर्गहरुलाई मध्यनजर गर्दै २४ घण्टा/७ दिन नै सेवा दिँदै आएको छ ।

डिजिटल प्रविधिको उपयोगसँगै बिना झन्झट रकम भुक्तानी गर्न सकिने भएकोले आफ्ना नयाँ तथा पुराना ग्राहक वर्गहरुलाई इन्टरनेट टिभीको भुक्तानी सेल पेमार्फत नै गर्न कम्पनीको आग्रह छ ।