२२ जेष्ठ २०८३, शुक्रबार

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

15.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

बिहीबार सुन प्रतितोला ६ सयले बढेर १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य तोलाको ३५ रुपैयाँले बढेर प्रतितोला १८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।