११ असार २०८३, बिहिबार

सहकारीसम्बन्धी संसदीय छानबिन समिति कानुनी परामर्शमा

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कानुनी परामर्श सुरु गरेको छ ।

बुधबार संसद् भवन परिसरमा बसेको संसदीय छानबिन विशेष समितिले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानुन आयोगलगायतका पदाधिकारीहरूसँग छलफल गरेको हो ।

बैठकपछि जानकारी दिँदै विशेष समितिका सभापति सूर्य थापाले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानुन आयोगका सचिवसहितका अधिकारीहरूसँग परामर्श गरेको बताउनुभयो । उहाँले कानुनी अस्पष्टता, अधिकार क्षेत्रको बाँडफाँडसँग सम्बन्धित विषयलगायतका प्रश्नहरूमा छलफल भएको बताउनुभयो ।

उहाँले नेपाल कानुन आयोगका सचिव तोयनाथ अधिकारी, नेपाल कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हिमाल चन्द्र अर्याल र नेपाल कानुन आयोगका सहसचिव पार्श्वत ढुंगानासँग छलफल भएको बताउनुभयो ।

समिति पछिल्ला दिनमा लगातार बैठक बसेर आफ्नो काम अगाडि बढिरहेको छ । यसअघि समस्याग्रस्त सहकारीबाट प्रतिवेदन मगाउने काम गरिसकेको आयोगले आफ्नो कार्यविधि पारित गरेर अगाडि बढेको छ ।