९ असार २०८३, मंगलबार

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको एक साता लामो भ्रमण सकेर बुधबार स्वदेश फर्किनुभएको छ ।

आज बिहान जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै राष्ट्रपति पौडेलसहितको भ्रमण टोली काठमाडौं आइपुगेको हो ।

राष्ट्रपति पौडेललाई स्वागत गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रवि लामिछाने, मुख्य सचिव बैकुण्ठ अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठ, पर्यटनमन्त्री हितबहादुर तामाङलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस)को उद्घाटन मञ्चमा प्रमुख वक्ताका रुपमा राष्ट्रपति पौडेलले सम्बोधन गर्नुभएको थियो । यस्तै, उहाँले विभिन्न उच्च स्तरीय भेटवार्ता पनि गर्नुभएको थियो ।

राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणका लागि जेठ २९ गते काठमाडौंबाट त्यसतर्फ जानुभएको थियो ।

राष्ट्रपति निर्वाचित भएपछि पौडेलको यो पहिलो औपचारिक विदेश भ्रमण भए पनि संघीय संसदलाई भ्रमणबारे पौडेलले जानकारी नगराएकोमा भने सांसदहरुले नै विरोध गरिरहनुभएको छ ।