
काठमाडौं, ५ असार । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनभित्र नेपाल प्रहरीका एक जवानले आफैलाई गोली हानी आत्महत्या गरेका छन् ।
बुधबार बिहान २२ वर्षीय प्रहरी जवान अजित गोलेले दुई नम्बर गेटको शौचालयमा आफूमाथि गोली हानी आत्महत्या गरेको संघीय संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले बताउनुभयो ।
‘उहाँले आधा घण्टा अगाडि मात्रै आफैलाई गोली हानी शौचालयमा आत्महत्या गर्नुभएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ ।’ धमलाले भन्नुभयो ।
उहाँका अनुसार गोले संसद् भवनमा बिहान ड्युटी गरिरहनुभएको थियो र सोही क्रममा आफैले बोकेको पेस्तोल आफूमाथि सुट गर्नुभएको थियो ।
जवानले किन आत्महत्या गर्नुभयो भन्ने विवरण खुल्न बाँकी रहेको छ ।
मृतक गोले नेपाल प्रहरीको स्पेशल टाक्स फोर्सका लागि प्रहरी हेडक्वाटरबाट खटाइएका जवान हुनुहुन्थो ।








प्रतिक्रिया