
काठमाडौं, ४ असार । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुन तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
त्यसैगरी, आज तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सुनको मूल्य सोमबार पनि यही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य भने मंगलबार सामान्य बढेको छ ।
मंगलबार चाँदी तोलाको १५ बढेर तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।








प्रतिक्रिया