१३ असार २०८३, शनिबार

अछाममा लाइटर पड्किँदा घरमा आगलागी

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, ४ असार । अछाममा लाइटर पड्किँदा घरमा आगलागी भएको छ ।

ढकारी गाउँपालिका–६ मोयमा आगो बाल्न प्रयोग गर्ने गरिएको लाइटर अत्यधिक गर्मीले तातेर पड्किँदा स्थानीय हरिचन कामीको खरले छाएको घरमा आगलागी भएको हो ।

आगलागीका कारण घरमा रहेको नगदसहित अन्नपात, लत्ताकपडा र अन्य दैनिक प्रयोगका सामग्री जलेर नष्ट भएको छ ।