१५ असार २०८३, सोमबार

सरकारको भविष्यबारे चिन्ता गर्नुपर्नेबेला भएको छैन् : महासचिव पोखरेल

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, ३ असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको भविष्यबारेमा चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । उहाँले सत्ता समीकरणमा रहेका एमालेलगायतका सबै दल यही सरकारलाई निरन्तरता दिने पक्षमा रहेको बताउनुभयो ।

प्रेस चौतारी नेपाल धादिङले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै महासचिव पोखरेलले मुलुकलाई सकारात्मक दिशातर्फ अगाडि बढाउन एमालेले यही सरकारलाई निरन्तरता दिने धारणा व्यक्त गर्नुभयो ।

उहाँले वर्तमान समीकरणबाट मुलुकलाई सकारात्मक दिशामा अघि बढाउन सकिन्छ भन्ने हाम्रो प्रयास हो । त्यहीअन्तर्गत नयाँ समीकरण बनायौँ अहिले पनि हामी यो समीकरणको निरन्तरताका पक्षमा छौँ भन्नुभयो । सरकार कमजोर बन्यो भने जनतामा निराशा बढ्छ कि भन्ने चिन्ता भए पनि सरकारको भविष्य के होला भन्ने चिन्ता लिनुपर्ने समय आइनसकेको महासचिव पोखरेलको भनाइ छ ।