आइतबार, ६ साउन २०८१
DainikNepal.com
आइतबार, ६ साउन २०८१

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको निधन

दैनिक नेपाल २०८१ असार ३ गते १८:१४

विराटनगर, ३ असार । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुको निधन भएको छ ।

५६ वर्षीय थारुको सोमबार दिउँसो १ बजे निधन भएको हो ।

राष्ट्रिय सभा निर्वाचनका लागि छलफल गर्न विराटनगरस्थित होटल स्टर्न स्टारमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभएका उहाँ २०८० माघ १० गते साँझ बेहोस भएर ढल्नुभएको थियो । थारुको उपचारपछि जेठ १ गते घर लगिएको र उहाँको निधन घरमै भएको हो ।

उपचारमा संलग्न चिकित्सकले थारुलाई ‘ब्रेन ह्याम्रेज’ भएको बताएका छन् ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा उहाँ कांग्रेसबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

अध्यक्ष बिरामी परेपछि गाउँपालिकाकी उपाध्यक्ष गुणवतीदेवी थारुले कार्यवाहक अध्यक्षको रूपमा काम गरिरहनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित