
काठमाडौं, ३ असार । आफूलाई चिनियाँ नागरिक बताउने ३७ वर्षीय शेरब ग्याल्मो सुनसहित पक्राउ परेका छन् । आफूलाई चिनियाँ नागरिक बताउने ग्याल्मो भन्ने सोनाम गुरूङको साथबाट प्रहरीले नेपाली नागरिकता फेलासमेत पारेको जानकारी दिएको हो ।
उनको साथबाट सोनाम गुरूङको नाममा रहेको नेपाली नागरिकताको प्रमाण पत्र एक थान बरामद भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभएको छ ।
आफूलाई चिनियाँ नागरिक बताउने गुरूङले अवैधरूपमा सुन तस्करी गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो अवैध सुनको थप अनुसन्धान गर्ने क्रममा गुरूङ पक्राउ परेको सीआईबीले जनाएको छ ।
सोमबार बिहान सीआईबीको टोलीले ६ किलो सुनसहित गुरूङलाई बौद्धको तिनचुलीबाट नियन्त्रणमा लिएको हो । उनको साथबाट ६ किलो सुन (आधिकारिक रुपमा तौल र परीक्षण बाँकी), ४८ लाख नेपाली रुपैयाँ र ३ थान मोबाइल बरामद भएको छ ।
गुरूङ अवैध सुन भन्सार चोरी पठारी गर्दै आएको खुलेको प्रहरीले जनाएको छ ।
बरामद सुन र गुरूङ बारे सीआईबीले थप अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ ।








प्रतिक्रिया