२२ जेष्ठ २०८३, शुक्रबार

नेकपा एसलाई पहिलो पार्टी बनाउने माधव नेपालको उद्घोष

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले महाधिवेशन लगत्तै पहिलो पार्टी बन्नेगरी काम गर्ने बताउनुभएको छ ।

सोमबार अनेमसंघ (समाजवादी)को मुखपत्र विमोचन कार्यक्रममा उहाँले अहिले पार्टीमा विचारको कुनै मतभेद नरहेको भन्दै महाधिवेशनबाट नै पहिलो पार्टी बन्नेगरी काम गर्ने दाबी गर्नुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘अहिले हाम्रो पार्टीमा विचारको कुनै मतभेद छैन् । किनभने समाजवादलाई झण्डा फहराउँदै अघि सार्ने पार्टीको नाम नै हो ‘नेकपा कम्युनिष्ट पार्टी एकीकृत समाजवादी’ । समाजवादी नामले नै के बताउँछ भने हामी समाजवादको यात्रामा अघि बढ्छौँ । त्यसैले पहिलो दिनदेखि नै पाइला त्यतै सारेका छौँ ।’

‘हामी महाधिवेशनबाट नै पहिलो पार्टी बन्न गइरहेका छौँ जसले नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थित रुपमा अगाडि सार्दैछ । यसका निम्ति हाम्रा सम्पूर्ण नेता र कार्यकर्ताहरुको कुनै एउटाको होइन् । सामूहिक बुद्धिबाट नै हामीले दस्तावेजहरू अगाडि सारिरहेका छौँ ।’ उहाँले भन्नुभयो ।

उहाँले नेपाली समाजको रुपान्तरणका लागि वर्तमान निर्वाचन प्रणाली र संरचना परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । अहिलेको व्यवस्थामा पनि महिलामाथिको हिंसा र दलितमाथिको अत्याचार पीडादायी रहेको भन्दै सुधार गर्न जरुरी रहेको उहाँको भनाई छ ।

उहाँले कम्युनिष्ट आन्दोलनको रक्षा गर्नको लागि समाजवादी मोर्चा हुँदै विचार मिल्ने शक्तिहरूलाई एकताबद्ध गरेर अगाडि बढ्ने बताउनुभयो ।