१५ असार २०८३, सोमबार

क्रसर तथा खानी उद्योग व्यवसायीहरु आन्दोलित

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीहरु आन्दोलित भएका छन् । सोमबार माइतीघर मण्डलामा व्यवसायीहरुले सरकारविरुद्ध नारासमेत लगाए । सरकारले क्रसर उद्योगका नवीकरण नगरेको र मुद्दाहरु सम्बोधन नगरेको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् ।

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सिताराम न्यौपानेले कानून अनुसार तिर्नुपर्ने कर एवम दस्तुर आफूहरु तिर्न तयार रहेको भएपनि उद्योग नवीकरण गर्न सरकारले आनाकानी गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो आन्दोलन कानूनी न्यायको लागि हो । सरकारले हामीलाई कानूनी अधिकारबाट बञ्चित गरेको छ । क्रसर उद्योगहरु नवीकरण भएका छैन्न, कानूनी रुपमा दर्ता भएका उद्योगहरु नवीकरण नगरिनु व्यवसायीहरुमाथि अन्याय हो । व्यवसायीहरु कानून अनुसार तिर्नुपर्ने कर एवम दस्तुरहरु तिर्न तयार छन्, कानून अनुसारको कर लिएर उद्योगहरु नवीकरण गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’

यस्तै, उहाँले सरकारले सम्बोधन नगरे नीजि क्षेत्र, नागरिक एवम पीडितहरु सडकमार्फत आन्दोलन चर्काउने चेतावनी दिनुभयो । उहाँले आन्दोलनबाट हुने क्षतीको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मागहरुलाई सरकारले सम्बोधन नगरेर नीजि क्षेत्र, उद्योग व्यवसायी, स्वदेशी कच्चा पदार्थमा आधारित रहेर रोजगारी सिर्जना गर्नेहरु र राज्यलाई कर तिरिरहेका व्यवसायीहरुलाई सडकमा उत्रिनु सरकारका लागि दबाब पर्नेछ ।’