१५ असार २०८३, सोमबार

थाइ–नेपाल मैत्री संघ गठन

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । नेपाल तथा थाइल्याण्डबीचको आपसी सम्बन्ध, सद्भाव एवं सहयोग अभिवृद्धि गर्ने उद्देश्यले थाइ–नेपाल मैत्री संघ गठन भएको छ ।

थाइल्याण्डका प्रथम सगरमाथा आरोही तथा व्यवसायी वितिध्नन रोजनापनितको अध्यक्षतामा थाइ–नेपाल मैत्री संघ गठन गरिएको बैंककस्थित नेपाली राजदूतावासले जनाएको छ।

संघको उपाध्यक्षमा थाइल्याण्डका उद्यमी कान्छा गुरुङ (गाबो) र कम्पानार्ड अनुकुल चयन हुनुभएको छ ।

यसैगरी, संघको सदस्यहरुमा कृत कुनप्लिन, श्रीहरि आचार्य, कर्मा गुरुङ, उमापोर्न जिवारापोर्न, अरिनरादा निमसाङ्ग, केशरियन जिराबुञ्जर्ड, इस्पा गुरुङ, सुनित श्रेष्ठ, सकुल इन्ताकुल र आतिस श्रेष्ठ रहनुभएको छ ।

कार्यक्रमका अवसरमा बोल्दै नेपालका राजदूत धनबहादुर ओलीले दुई देशबीचको जनस्तरको सम्बन्ध अभिवृद्धिमा नेपाल र थाइल्यान्डका व्यापारीको भूमिकाको प्रशंसा गर्नुभयो । ‘थाइ–नेपाल मैत्री संघ पक्कै पनि दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउनको लागि एक स्तम्भको रूपमा खडा हुनेछ ।’ उहाँले भन्नुभयो ।

संघको संरक्षकमा भन्ते अनिल शाक्य र धनबहादुर ओली र सल्लाहकारमा कर्मा राणा र बेनी लककलाई चयन गरिएको संघले जनाएको छ ।