२७ जेष्ठ २०८३, बुधबार

एमालेले बुझायो लिम्चुङबुङ गाउँपालिकामा ११ बुँदे ध्यानाकर्षण पत्र

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, ३ असार । नेकपा (एमाले) लिम्चुङबुङ गाउँपालिका कमिटीले लिम्चुङबुङ गाउँपालिकाको कार्यालयमा ११ बुँदे ध्यानाकर्षण पत्रसहित ज्ञापनपत्र बुझाएको छ । स्थानीय सरकारको रुपमा रहेको गाउँपालिकालाई सेवा प्रवाह र सुशासनको विषयमा ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

एमाले लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर राईको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र गुरुङलाई आर्थिक वर्ष २०७९/०८० को महालेखा परिक्षकको प्रतिवेदनले उल्लेख गरेका विषयहरुमा पालिकाको तर्फबाट प्रष्ट पार्न ज्ञापनपत्र बुझाइएको एमाले लिम्चुङबुङले जनाएको छ ।

एमालेले महालेखा परीक्षक (मलेप) प्रतिवेदनमा उल्लेख भएको सैद्धान्तिक बेरुजुको बारेमा गाउँपालिकाको आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेको छ ।

ज्ञापनपत्रमा लेखापरीक्षण प्रतिवेदनमा विभिन्न शीर्षकहरुमा अत्याधिक खर्चहरु भएकाले एमाले लिम्चुङबुङ गाउँपालिका कमिटीको गम्भीर ध्यानकार्षणसहित ज्ञापनपत्रमार्फत सबै खर्चहरुको पारदर्शिता, जवाफदेहिताका साथ सार्वजनिकिरण गर्न गराउन जोडदार माग गरिएको छ ।