२८ असार २०८३, आइतबार

पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका-३ डाँडागाउँका ५६ वर्षीय विमलप्रसाद पन्तको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताउनुभयो ।

घरमै बसिरहेको बेला आइतबार बेलुकी साढे ६ बजेतिर पन्तलाई चट्याङ लागेको थियो । उहाँलाई उपचार गर्न लुम्बिनी मेडिकल कलेज प्रभाष लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।