२४ जेष्ठ २०८३, आइतबार

एमाले तनहुँको दशवटै पालिका अधिवेशन सम्पन्न

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । नेकपा (एमाले) तनहुँको दशवटै पालिका कमिटीको अधिवेशन सम्पन्न भएको छ ।

गत वैशाख अन्तिममा १०औँ जिल्ला अधिवेशन सम्पन्न भएको एमाले तनहुँको दशवटै पालिका कमिटीको अधिवेशन पनि सम्पन्न भएको हो । जसअनुसार एमाले तनहुँको भानु नगरपालिका कमिटीको अध्यक्षमा शंकर रानाभाट, व्यास नगरपालिका कमिटीको अध्यक्षमा तुलसी पाण्डे निर्वाचित हुनुभएको छ भने शुक्लागण्डकी नगर कमिटीको अध्यक्षमा रघुनाथ पौडेल र भिमाद नगरपालिका कमिटीको अध्यक्षमा इमान थापा निर्वाचित हुनुभएको छ ।

यसैगरी, बन्दिपुर गाउँपालिका कमिटीको अध्यक्षमा रवि श्रेष्ठ, आँबूखैरेनी गाउँपालिका कमिटीको अध्यक्षमा पूर्ण आले, देवघाट गाउँपालिका कमिटीको अध्यक्षमा भीम गुरुङ चयन हुँदा घिरिङ गाउँपालिका अध्यक्षमा सुमनकुमार श्रेष्ठ, म्याग्दे गाउँपालिका कमिटी अध्यक्षमा द्धारिका घिमिरे र ऋषिङ्ग गाउँपालिका अध्यक्षमा हिरासिं थापा निर्वाचित हुनुभएको एमाले तनहुँले जनाएको छ ।