३२ असार २०८३, बिहिबार

कञ्चनपुरमा एक बोर्डिङ स्कुलको भवनमा आगलागी

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, ३ असार । कञ्चनपुरमा एक बोर्डिङ स्कुलको भवनमा आगलागी भएको छ ।

लालझाडी गाउँपालिका-४ जाईमा रहेको भृकुटी बोर्डिङ स्कुलको भवनमा आइतबार आगलागी भएको हो ।

आगलागी हुँदा फर्निचर, पंखा, बोर्ड लगायतका सामान गरी अन्दाजी २ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।