२४ जेष्ठ २०८३, आइतबार

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ३ असार । मकवानपुरको राक्सिराङ गाउँपालिका-२ थुम्कीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय ४५ वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको हो ।

आज बिहान आफ्नै घरमा सुतिरहेको अवस्थामा अचानक चट्याङ लाग्दा प्रजा गम्भीर घाइते हुनुभएको थियो । प्रजालाई उपचारको लागि हेटौंडा अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उहाँको शव अहिले हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।