
तनहुँ, ३ असार । जंगली च्याउ खाँदा तनहुँमा पाँच जना बिरामी परेका छन् ।
आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्कका ५४ वर्षीय डिलबहादुर गुरुङ र ५७ वर्षीय मधु गुरुङ बिरामी पर्नुभएको छ । उहाँहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
त्यस्तै, हिलेखर्ककै ९२ वर्षीय रणबहादुर गुरुङ, ८५ वर्षीय द्रोणपति गुरुङ र ५८ वर्षीय पम्फी गुरुङ पनि बिरामी पर्नुभएको छ । उहाँहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी दिपककुमार रायले जानकारी दिनुभयो ।








प्रतिक्रिया