
धनगढी, ३ असार । कैलालीको धनगढीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको निधन भएको छ ।
धनगढी उपमहानगरपालिका-१४ डी गाँउमा से५प ६१६० नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ७४ वर्षीय पैदलयात्री चित्रबहादुर सुनारको आइतबार मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएका सुनारलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मोटरसाइकल र मोटरसाइकल चालक कैलारी गाउँपालिका-८ का ५४ वर्षीय सुरेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।








प्रतिक्रिया