२९ असार २०८३, सोमबार

सबै धर्म र चाडपर्वलाई आदर गर्ने नेपाली परम्परा विशिष्ट : सभापति देउवा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै जातजाति, धर्म सम्प्रदाय र चाडपर्वहरुको आदर गर्ने नेपाली परम्परा विशिष्ट रहेको बताउनुभएको छ ।

सोमबार बकर इदको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले यस्तो चाडपर्वले मुलुकमा शान्ति, सद्भाव र संमृद्धि ल्याउन प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

‘नेपाल प्राचीन कालदेखि नै विभिन्न जात, जातिहरुको बसोबासको संगम स्थल रहेकोले यहाँ विभिन्न भाषा, विभिन्न धर्म, विभिन्न संस्कृति र चाँडपर्वहरुको आफ्नो बेग्लै विशेषता छ । र सबैलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा छ ।’ देउवाले सन्देशमा भन्नुभएको छ ।

उहाँले बकर इदले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरुमा एकताको सन्देश दिन सफल हुने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।